
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारीले बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैंडाले आक्रमण गरेको देखिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij