Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

दलविशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत : देव गुरुङ

दलविशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत : देव गुरुङ

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    आज (सोमबार) माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएको हो । उनले एमाले पार्टी बिशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरीत नै रहेको जिकिर गरे ।

    राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वभाविक भएपनि कुनै दल बिशेषलाई नै राष्ट्रपति बनाउने भन्ने बिषय फरक रहेको उनले बताए ।

    गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रुपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रपति गठबन्धनसंग जोडिएको विषय नभएको समेत बताए ।

    यसअघि भएको कटुवाल प्रकरण, संसद बिघटन प्रकरण, सरकारको सिफारिस कार्यन्वयन नभएको विषय लगाएतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उहाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij