Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को ६२औं वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्ने र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन् ।

    images
    images
    images

    लोकतान्त्रिक शासन प्रणाली भएका ठाउँमा मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उहाले बताए । उनले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको धारणा राखे ।

    विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij