Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

निर्वाचन आयोग विरुद्ध मेयर बालेनले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

निर्वाचन आयोग विरुद्ध मेयर बालेनले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दायर गरेको निर्वाचन आयोग विरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आयोगले आफूलाई तोकेको जरिवाना कानुन विपरीत रहेको भन्दै साहले पुस १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    images
    images
    images

    निर्वाचन खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका थुप्रै उमेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम साहलाई आयोगले सात लाख ५० हजार जरिवाना तोकेको थियो ।

    ३० दिन भित्र बुझाउनु पर्ने निर्वाचन खर्च ३०औँ दिन सार्वजनिक बिदा परेकाले साहले ३१औँ दिनमा बुझाएको हुनाले आफूले जरिवाना तिर्नु नपर्ने तर्कसहित रिट निवेदन दायर गरेका हुन् । रिटमा आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij