Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बार्सिलोनालाई ११ अंकको अग्रता

बार्सिलोनालाई ११ अंकको अग्रता

  • भिल्लारियालमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ । खेलको १८ औँ मिनेटमा पेड्रीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

    images
    images
    images
    २६ पटकको लिग विजेताको यो लगातार छैटौँ जीत हो । पछिल्लोपटक डिसेम्बरमा रियल मड्रिडसँग पराजित भए यता ज्याभी हर्नान्डेजको टोलीले मात्र ७ गोल खाएको छ ।
     
    साबिक विजेता रियल फिफा क्लब विश्वकपका लागि व्यस्त रहँदा बर्साले आफ्नो अग्रता अझै फराकिलो बनाउने अवसर पाएको हो । हालै क्लब विश्वकपको उपाधि जितेको रियल फेब्रुअरी १५ मा इल्चेसँग भिड्नेछ । २१ खेलबाट बार्साका ५६ अङ्क रहेको छ भने एक खेल कम खेलेको रियलको ४५ अङ्क छ ।

    अन्य खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० गोलले हरायो भने गेटाफे र रायो भायोकानो तथा रियल भालाडोलिड र ओसासुनाले बराबरीमा चित्त बुझाए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij