Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रास्वपाको बैठक बस्दै

रास्वपाको बैठक बस्दै

  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आजका लागि बोलाइएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    आइतबार निर्वाचन आयोगले चितवन–२ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने मिति घोषणा गरेपछि रास्वपाको बैठक बसिरहेको हो । आजको बैठकले चितवन–२ मा रास्वपाबाट उठ्ने उम्मेदवारको टुंगो लगाउनसक्ने सम्भावना छ । 

    गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने विजयी भएका थिए । तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसदबाट पद खारेज गर्‍यो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij