Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : ओली

सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन् ।

    images
    images
    images

    देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको उनले बताए । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।

    उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरु भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij