
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाईे गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद दिइन् ।
सो भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij