Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित

डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङ निलम्बित भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई निलम्बन गरेको हो ।

    शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरभित्रै प्रहरीले लाठी चार्ज गरेको थियो । डाक्टरको परिचयपत्र देखाउँदादेखाउँदै लाठी प्रहार हुँदा डा. सिंह गम्भीर घाइते भएका थिए ।

    शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा अस्पताल परिसरभित्रै प्रहरीद्वारा आक्रमण भएपछि चौतर्फी रूपमा त्यसको निन्दा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij