
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । आज बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
हिजो मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकामस्थित मेडिकलमा पुर्याइएको थियो । मेडिकलबाट समस्या नभएको भनेपछि गएराति नै फिर्ता गरिएको थियो ।
आज बिहान फेरि मुटु दुखेपछि गुरुङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो । उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो ।
२०७४ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ७५ वर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij