
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेका छन् ।
मिति २०७८ कार्तिक १४ गते झापा जिल्ला अदालतको फैसला अनुसार चोरी मुद्दामा विजयलाई ६ महिना कैद र ५ हजार जरिवाना सजाय सुनाइएको प्रहरीले जनाएको छ ।
सोही दिनको फैसलामा अदालतले एउटै घटनामा संलग्न एलेक्सलाई १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना सजाय सुनाइएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फरार रहेका राजवंशी र चौधरीलाई बिहीबार पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij