Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रदेश १ इन्चार्जमा गौतम र पाण्डे

प्रदेश १ इन्चार्जमा गौतम र पाण्डे

  • काठमाडौं । नेकपा एमालेले प्रदेश–१ इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य गौतमलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

    images
    images
    images

    यसअघिका इन्चार्ज देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भइसकेको कारण उनको स्थानमा एमालेले गौतमलाई पठाएका हुन् । त्यस्तै पार्टीको रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा विन्दा पाण्डे चयन भएकी छन् । यसअघिका प्रमुख घनश्याम भूसाललाई पार्टीले कारबाही गरेकाले उक्त स्थान रिक्त थियो ।

    त्यस्तै अपांगता विभाग प्रमुखको इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । यसअघि इन्चार्ज रहेका बालकृष्ण ढुंगेलको निधन भएकाले उक्त पद रिक्त थियो । यसैगरी धनुषा जिल्ला इन्चार्जमा शीला यादव तोकिएकी छन् । यसअघि इन्चार्ज रहेका  रामचन्द्र मण्डल मधेश प्रदेशसभाको सभामुख चयन भइसकेकाले उक्त पद रिक्त थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij