
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।
भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरुलाई जुम आइडी दिइएको छ ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij