
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।
दसौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन् । त्यस्तै कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
निर्वाचनमा ३०४ मत खसेको थियो । लुम्बिनी प्रदेशसभाका सबै ८७ सांसद, स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरे । गत असोज २३ गते एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन गराइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij