
Apr 18 2025 | २०८२, वैशाख ५ गते
टर्कीमा सोमबारको भूकम्पपछि कम्तीमा सात हजार ९२६ जनाको मृत्यु भएको पुष्टि भएको छ । करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ ।
टर्की र सिरियामा गरी अहिलेसम्म झन्डै आठ हजार जनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार ९०० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।
टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ ।
उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij