Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टर्कीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३७ सय नाघ्यो

टर्कीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३७ सय नाघ्यो


  • दक्षिणपूर्वी टर्किमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनको सङ्ख्या ३७ सय नाघेको छ । रोयटर्सका अनुसार टर्की र सिरियामा गरि हालसम्म ३७ सय ४४ जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    हिजो सोमबार बिहानै दक्षिणपूर्वी टर्किमा गएको भूकम्पले मध्यपूर्वका चार देश टर्कि, सिरिया, लेबनान र इजरायललाई हल्लाएको थियो ।  लेबनान र इजरायलमा भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भएन ।

    भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ । भूकम्प गएको केही समयपछि पराकम्पहरूका बीच केही घण्टापछि ७.६ रेक्टर स्केलको भूकम्प पनि गएको थियो।

    टर्कीमा हालसम्म २३ सय जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यता सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij