Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दुई सचिवको सरुवा, सामान्यमा पुष्कर

दुई सचिवको सरुवा, सामान्यमा पुष्कर

  • काठमाडौं । नेपाल सरकारका दुई सचिवको सरुवा भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको सरुवा गरेको हो ।

    images
    images
    images

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरी पुष्कर लाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ भने सामान्यका अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका छन् ।

    ‘सचिवमा दुई जनाको मात्रै सरुवा गर्ने भन्ने निर्णय भा छ’ एक मन्त्रीले भने, ‘मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल र निर्णय बाहेक खासै त्यस्तो केही छैन ।’ त्यसो त आजको बैठकमा विभिन्न मन्त्रालयका दर्जनौं सहसचिवको बढुवा गर्ने निर्णयसमेत भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij