Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बालेन्द्रको अड्डामा पाँच प्रमुखको हेरफेर

बालेन्द्रको अड्डामा पाँच प्रमुखको हेरफेर

  • काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरुको हेरफेर भएको छ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी खरिद इकाइमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएको महानगरका सहायक प्रवक्ताले जानकारी दिएका छन् । 

    images
    images
    images

    त्यसैगरी कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् । त्यस्तै उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका छन् । प्रशासन विभागका निर्देशक नवराज थापा पनि विपद्‍मा सरुवा भएका छन् ।

    उनका अनुसार नवौं तहको कर्मचारीहरुको २ वर्ष भन्दा धेरै समयसम्म एकै स्थानमा बसिसकेकोले विभागीय प्रमुखहरुको सरुवा गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij