
Apr 18 2025 | २०८२, वैशाख ५ गते
टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् ।
उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।
भूकम्पपछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij