Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

चोरको टार्गेट होस्टल !

चोरको टार्गेट होस्टल !

  • ललितपुर । ललितपुरमा संचालित होस्टलहरुमा चोरी बढ्दै गएको छ । प्रहरी स्रोतका अनुसार महिनादिनमा पाँचवटा होस्टलमा चोरी भईसकेको छ । कुमारीपाटी, सातदोबाटो, ग्वार्काे, थसिखेल र सानेपामा संचालित होस्टलमा चोरी भएको हो । यी स्थानहरुमा संचालित व्वाईज होस्टलबाट मोबाइल र ल्यापटप चोरी भएको थियो ।

    images
    images
    images

    होस्टल व्यवसायीले आफ्नो व्यवसायमा जडान गरिएका सीसीटिभी फुटेजसहित प्रहरीमा उजुरी दर्ता गराईसकेका छन् । फुटेजमा चोरी संलग्न र चोरी हुँदाको गतिविधि रेकर्ड भएको छ । 

    यता होस्टल व्यवसायी संघका अध्यक्ष रेवती खड्काले प्रहरीसँग समन्वय गरेर चोरीमा संलग्नलाई खोजीको प्रयत्न गरिने अनलाइन पत्रिकालाई बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो, ‘चोरी बढ्दै गएको हुनाले होस्टल व्यवसायी सतर्क हुनुपर्ने समय आएको छ ।’ 

    यसैबीच, जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी प्रविण पोखरेलले आफ्नो घर र व्यवसाय वरपर कुनै शंकास्पद गतिविधि देखिए तत्कालै प्रहरीलाई सूचना दिनुहुन अनुरोध गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij