Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

१९ जुवाडे पक्राउ

१९ जुवाडे पक्राउ

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    नागार्जुन नगरपालिका ४ सितापाईला डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका १० घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij