Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

पत्रकारसमक्ष प्रकट हुँदै रवि !

पत्रकारसमक्ष प्रकट हुँदै रवि !

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

    images
    images
    images

    ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    उनले सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’ राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij