Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

  • काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला परेका छन् । प्रहरीका अनुसार शनिबार साँझ रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव भेटिएको हो ।

    images
    images
    images

    भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । किशोर भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले किशोरले छोरीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको आकलन छ । उनकी सात वर्षीया छोरी शारीरिकरुपमा अशक्त रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

    घटनास्थलमा प्रहरीले सुुसाइड नोट समेत फेला पारेको छ । सुसाइड नोटमा  त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

    प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij