
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।
रबि लामिछाने नेतृत्वको पार्टीले आज र भोलिसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij