
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पाँच घन्टा पछि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्ने गरी सरको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण बैठक सरेको उनले बताए । आजको बैठकमा माओवादीले चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij