
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट जारी रहेको जानकारी दिए ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वर्तमान राजनीति तथा राष्टपतिको निर्वाचनका विषयमा केन्द्रीत भएर छलफल भइरहेको छ । त्यसका साथै गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने विषयमा पनि छलफल हुनसक्ने बुझाई सचिवालयका सदस्यहरुको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij