
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–३, डाँडागाउँका २८ वर्षीय कपिल विष्ट र हेटौडा महानगरपालिका–५ का २९ वर्षीय प्रेमप्रसाद गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।
मकवापुरको हेटौडा महानगरपालिका–५, पिप्लेस्थित कपिल विष्टको कोठा खानतलासी गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले कोडिवोल १०० एमएल ३४ बोतल र नाईट्राभेट ९ ट्याबलेट बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij