
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आगामी बुधबार बस्ने भएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले सोमबार बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको जानकारी दिए । बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने उनले जनाएका छन् ।
गृहमन्त्रीको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन् । रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij