
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । दमक– ६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ । हिजाे बेलुका विकास भट्टराईले सञ्चालन गर्दै आएका फर्निसिङमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे ।
आगलागीको कारण खुल्न सकेको छैन । दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे उहाँले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij