Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछानेले नेपाली नागरिकता लिने, जिल्ला प्रशासन जाँदै

रवि लामिछानेले नेपाली नागरिकता लिने, जिल्ला प्रशासन जाँदै


  • काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाने भएका छन् । बिहान ११ बजे नागरिकताको प्रमाणपत्र लिन रवि प्रशासन कार्यालय जान लागेका उनीनिकट स्रोतले जानकारी दिएको छ । 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविले पेस गरेको कागजात हेरेर नागरिकता दिने भएको छ । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेको थियो । 

    अदालतको यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij