
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ओसुमान डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो । बार्सिलोनाका लागि खेलको ५२औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।
कोपा डेल रे अन्तर्गत नै ओसासुनाले सेभियालाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij