Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

संसद भवनअघि आफैंलाई आगो लगाएका आचार्यको निधन

संसद भवनअघि आफैंलाई आगो लगाएका आचार्यको निधन

  • काठमाठडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा.किरण नकर्मीले बताए ।

    images
    images
    images

    उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’

    इलाम घर भएका आचार्यले मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

    आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । उनले केही समय आचार्यसँग कुरा पनि गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij