
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डङ्गोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ ।
माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिना अनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डङ्गोललाई कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भे, ‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो । कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइन्जेललाई हो । अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौँ।’
उनले अहिले पाइलट डङ्गोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरु गर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij