Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन् । सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिए ।
उक्त तालिममा प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान ५५ जना गरी कुल ६९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij