
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजनालाई पक्राउ गरेको छ । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij