Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रास्वपाले देशभर संगठन विस्तार गर्ने

रास्वपाले देशभर संगठन विस्तार गर्ने

  • काठमाडौं । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बलियो संगठनात्मक आधारविनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो । तर, सो पार्टी प्रदेशतर्फको निर्वाचनमा भने सहभागी भएको थिएन । 

    पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ  । यस्तै जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरिएको छ ।  यस्तै, बैठकले माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।

    जसअनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । यसैगरी बागमतीको भेला मकवानपुरमा माघ १८ गते, गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij