
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् । धरान उपमहानगरपालिका–५ मा बिहीबार ३९ वर्षीय हर्कबहादुर राईले स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छन् । बुढाथोकीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुमाथि पनि खुकुरी प्रहार गर्न थालेपछि मञ्जु बारीतिर भागेको बेला स्थानीयले हर्कबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते अवस्थाकी मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । हत्या गरिएका बुढाथोकीको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij