Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज निर्वाचन, चार प्यानलको भिडन्त

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज निर्वाचन, चार प्यानलको भिडन्त

  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण सभा तथा नयाँ कार्यसमितिको आज निर्वाचन हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

    images
    images
    images

    संघको साधारण सभा प्रधानमन्त्रीबाट दोस्रो पटक उद्घाटन हुन लागेको हो । यसअघि संघका वर्तमान संयोजक विमल ढकाल संघ अध्यक्ष रहँदा पनि नेपाली कांग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संघको साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा नवनियुक्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलराज अर्याल विशिष्ट अतिथि तथा मन्त्रालयका सचिवलगायतका अतिथि रहने बुझिएको छ ।

    संघको साधारण सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि शुक्रबार नै आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचन गरिने छ । २१ सदस्यीय संघको कार्यसमितिमध्ये अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र कार्यसमितिका दश सदस्यको निर्वाचन हुने छ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

    यसैबीच संघको निर्वाचन मतपत्रका आधारमा हुने भएको छ । प्रतिस्पर्धामा रहेका केही प्यानलका उम्मेदवारहरुले प्रविधिमा गडबडी  हुने आशंका जरी विद्युतीय मेसिनबाट मतदान गराउन असहमति जनाएपछि निर्वाचन समितिले परम्परागतरुपमा कागजको मतपत्रमा मतदान गराउने तयारी गरेकोे हो ।

    संघको नयाँ नेतृत्वको परिणाम शनिबार बिहानसम्म आउने आंकलन गरिएको छ । नयाँ कार्यसमिति निर्वाचनमा संघका ७ सय प्रतिनिधिमध्ये ६ सय ९२ व्यवसायीले मतदान गर्न पाउने निर्वाचन समितिका संयोजक ऋषि शर्माले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij