
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु अस्पतालमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझेका छन्।
बिहीबार दिउँसो नेता पोखरेलले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्।
उनले वर्षमानको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
नेता वर्षमानको स्वास्थ्यमा सुधार आइरहेको छ र केही दिनमै डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij