Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बागमती प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा उपसभामुख चापागाईंले शपथ ग्रहण गरेकी हुन्।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले उनलाई शपथ ग्रहण गराएका हुन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा चापागाईं ६१ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। उपसभामुख चापागाईंले आजै पदभार ग्रहण गर्नेछिन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij