
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जिल्लाको धनगढीमाईमा आज बिहान कोइला बोकेको भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृुत्यु हुनेमा सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साह रहेका छन् ।
धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको ठक्करले ठक्कर दिएको थियो ।
गम्भिर घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij