Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मन्त्रालय टुङ्गो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

मन्त्रालय टुङ्गो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

  •  काठमाडौं ।  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरू सदस्य छन् ।

    संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुङ्गो लगाउने छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा गृहकार्य भएको छ । छिट्टै आवश्यक निर्णय हुन्छ ।’ स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरूले पाउने मन्त्रालय संख्या लगभग टुङ्गिएको छ । साँझ बस्ने बैठकले मन्त्रालय टुङ्गो लगाउने नेताहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij