
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो ।
घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उहाँको अङ्गरक्षकलाई गोली हाने लगत्तै उहाँको हत्या गरेका थिए । घटनामा उहाँका भाइ र एक सुरक्षागार्ड घाइते भएका बीबीसीले जनाएको छ ।
३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक हुनुहुन्छ जसले तालिबान सरकारमा फर्किँदा पनि देश छोड्नु भएको थिएन । उहाँ सन् २०१८ मा सांसद बन्नु भएको थियो ।
काबुल प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij