
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तोकिएको बैठक पोखरामा भएको जहाज दुर्घटनाको शोकमा स्थगित गरिएको हो ।
प्रदेशसभाको स्थगित बैठक अब मङ्गलवार बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको थियो ।
सभामुख चयनपछि प्रदेशसभाको बैठक आजका लागि तोकिएको थियो । तर, पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको शोकमा उक्त बैठक स्थगित गरिएको सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij