Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बागमती प्रदेश सभाको सभामुख चयन गरिदै

बागमती प्रदेश सभाको सभामुख चयन गरिदै

  • काठमाडौं । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।

    images
    images
    images

    सत्ता साझेदार दलहरुका तर्फबाट सभामुखका लागि राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको छ । सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

    ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij