
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा जाने भएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
गृहमन्त्री लामिछानेले आज दिउँसो सवा तीन बजे एक्स्पोको अवलोकन गर्नेछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij