
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट परी २० जनाको मृत्यु भएको छ । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बम बोकेका व्यक्तिले बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ ।
काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij