
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई नगद जरिवाना तिराउने निर्णय गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई जरिवाना तिराएको हो ।
सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा ८२ (२) अनुसार १० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जनाएका छन् । बोर्डले इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार यी दुई ब्रोकरले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij