Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री प्रचण्ड

पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्याउने बताएका छन् ।

    यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

    रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए। मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij