Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

उपमेयरको कार्यकक्षमा आगलागी

उपमेयरको कार्यकक्षमा आगलागी

  • काठमाडौ‌। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ । आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो। जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए ।

    ‘राति अचानक तार सर्ट भएर आगलागी भएको रहेछ, कार्यकक्षमा भएको टेबुल, सोफा लगायतका सामग्रीमा क्षति पुगेको छ,’ उनले भने ।

    आगलागीबाट दुईदेखि साढे लाख रुपैयाँसम्मको सामग्री क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij